नेपाली समय:

वि.सं २०८१ माघ ५   शनिवार

NepaliNP
हमास समुहको नियन्त्रणमा रहेका विपिनको रिहाइको पहल गर्न कूटनीतिक पहल जारी,

माघ-१(एजेन्सी)

 

हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । 

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहेकी छिन् ।

 

मन्त्री डा. राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छिन् ।

14 Jan 2025 , 2:29pm
हाम्रो आवाज