नेपाली समय:

वि.सं २०८१ माघ ५   शनिवार

NepaliNP
दक्षिण अफ्रिकाको सुनखानीमा १०० भन्दा बढी कामदारको मृत्यु,

 

माघ -२(एजेन्सी)

 

दक्षिण अफ्रिकाको सुनखानीमा फसेका १०० भन्दा बढी कामदारको मृत्यु भएको छ। अल जजीराको रिपोर्ट अनुसार, खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदार फसेका थिए। उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गरेका थिए।

 

उद्धार कार्यका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको जनाइएको छ। प्रतिवेदन अनुसार, कामदारहरूले भोक र तिर्खाका कारण ज्यान गुमाएका हुन्। अहिलेसम्म १३ वटा शव बाहिर निकालिएको छ। धेरै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

उद्धार गरिएका कामदारहरूसँग दुई भिडियोहरू भएको सेलफोन फेला परेको छ। यी भिडियोहरूमा दर्जनौं शवहरू पोलिथिनमा बेरिएको देखिन्छ।

15 Jan 2025 , 1:43pm
हाम्रो आवाज