नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
चिसो बढेपछि नेपालगंज उपमहानगरपालिकाका शैक्षिक संस्था तीन दिनका लागि बन्द,

 

माघ- ९

नेपालगञ्ज:  चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आज ९ गते देखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाले जनाएका छन्।

चिसो बढ्दै गएपछि मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले जनाएका छन्। 

22 Jan 2025 , 10:17am
हाम्रो आवाज