नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
अफगानिस्तानमा भएको आत्मघाती बम विस्फोटमा पाँच जनाको मृत्यु,

माघ-२९ (एजेन्सी)

उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको एक आत्मघाती बम हमलामा तालिबान सुरक्षा बलसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा एक बैंकबाट तलब लिन पर्खिरहेका मानिसहरूको लाइनलाई लक्षित गरी भएको आक्रमणमा सात जना घाइतेसमेत भएका छन्।

11 Feb 2025 , 8:28pm
हाम्रो आवाज