नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

NepaliNP
आज तीन प्रदेशमा हिमपातको सम्भावना,

माघ-३०

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

12 Feb 2025 , 7:58am
हाम्रो आवाज