
फागुन-५
काठमाडौं । सत्तापक्षीय गठबन्धनको बैठक आज (शनिबार) बस्दैछ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यसअघि हिजो साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो ।
बैठकमा संसदबाट अध्यादेश पारित गर्ने, टीआरसीको काम अगाडि बढाउने र संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा पनि छलफल हुनेछ।