नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
'ग्रामर गुरू' भाषाविद् चुडामणि गौतमको निधन,

फागुन-१३

'ग्रामर गुरु'का नामले पनि चिनिने नेपाली र अङ्ग्रेजी भाषाका व्याकरणविद् चुडामणि गौतमको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निधन भएको हो ।

वि.स.२००० असोज १ मा तेह्रथुममा जन्मिएका गौतमका नेपाली र अङ्ग्रेजी व्याकरणका दर्जनौँ पुस्तक प्रकाशित छन् । उनीद्वारा लिखित अङ्ग्रेजी व्याकरणको पुस्तक लामो समयसम्म लोकप्रियताको शिखरमा पुगेको थियो ।

25 Feb 2025 , 7:39am
हाम्रो आवाज