नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
मालपोत कार्यालयका कर्मचारी घुस सहित पक्राउ,

फागुन- २८

बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ हजार रुपैयाँ घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

 

भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत खरदार र लेखापढी व्यवसायी गरि दुई जनालाई सो रकमसहित नियन्त्रणमा लिएको हो।

 

कार्यालय स्रोतका अनुसार पक्राउ पर्नेमा खरदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो रहेका छन्। उनीहरूले कार्यालय परिसरभित्र सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगको कार्यालयले जनाएको छ। 

12 Mar 2025 , 10:25am
हाम्रो आवाज