
चैत-२५
काठमाडौँ- नेपाल शिक्षक महासंघले सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर सडक संघर्ष गरिरहेको महासंघले सोमबारबाट आम शैक्षिक हड्तालको घोषणा गरेको हो।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक/कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन सरकारलाई दबाब दिने उद्देश्यले शैक्षिक हड्ताल घोषणा गरिएको महासंघले जनाएको छ ।
देशभरका सबै विद्यालय बन्द गरि काठमाडौँको शैक्षिक आन्दोनलमा सहभागी हुन अनिवार्य रूपमा आउन आग्रह गरिएको छ ।