नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

NepaliNP
१३ हजार ८५० करोड भारतीय रुपैयाँ घोटाला मुद्दामा फरार अभियुक्त मेहुल चोक्सी पक्राउ,

बैशाख-१ (एजेन्सी)

भारतको पञ्जाब नेशनल बैंक ऋण ठगी मुद्दामा फरार अभियुक्त मेहुल चोक्सी पक्राउ परेका छन्। उनलाई बेल्जियम प्रहरीले भारतीय अनुसन्धान एजेन्सीहरूको अनुरोधमा पक्राउ गरेको हो।

पक्राउपछि उनलाई हिरासतमा राखिएको छ। भारतले बेल्जियमसँग मिलेर सुपुर्दगी प्रक्रिया सुरु गरेको छ। चोक्सीमाथि १३ हजार ८५० करोड भारतीय रुपैयाँ घोटालाको आरोप छ।

14 Apr 2025 , 2:10pm
हाम्रो आवाज