
बैशाख-७
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । आज हुने प्रदर्शनले सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोड्ने भन्दै चेतावनी दिइएको छ ।
राप्रपाले यस्तो चुनौती दिएसँगै सरकारले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।
राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएसँगै गृह मन्त्रालयले यसबारे आफ्नो गम्भीर ध्यानाकर्षण गर्दै संविधान र कानुनको उल्लङ्घन गरेमा समाजमा अराजकता र अशान्ति फैलाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि सहन नहुने चेतावनी समेत दिएको छ।
मन्त्रालयले संविधान र कानुन विपरीत काम गर्ने अराजकता र अशान्ति फैलाउने क्रियाकलाप गरेमा कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।