नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

NepaliNP
युक्रेनको बसमा भएको रुसी ड्रोन आक्रमणमा परी ९ जनाको मृत्यु,

बैशाख-१०

किभ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

यस्तै दर्जनौँ घाइते भएको त्यहाँका गभर्नरले बुधबार बताएका छन् ।

‘दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो,’ गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखे, ‘घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।’ उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिएका छन ।

23 Apr 2025 , 1:44pm
हाम्रो आवाज