
बैशाख-१३
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज (शनिबार) बिहान निर्णायक वार्ता हुँदैछ । वार्ता ७ः३० बजेदेखि सुरु हुने शिक्षा मन्त्रालयले जनाएको छ ।
शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन् ।
शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो । तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए ।