नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

NepaliNP
प्रधानमन्त्री ओली द्वारा उभौली पर्वको शुभकामना व्यक्त,

 

वैशाख:२९

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्नुभएको छ ।

“आज चण्डी पूर्णिमा, उभौली पर्व । किराँत समुदायलगायत सम्पूर्ण नेपालीमा उभौली पर्व २०८२ का अवसरमा हार्दिक शुभकामना !” प्रधानमन्त्रीले सन्देशमा लेख्नुभएको छ । 
उहाँले कृषिप्रधान नेपाली समाजमा प्रकृति र मौसमसँगको सहजीवितालाई सम्मान गर्ने उभौली पर्वले हामीलाई संस्कार, संस्कृतिको संरक्षण र प्राकृतिक चक्रप्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्नेसमेत बताउनुभएको छ । 

12 May 2025 , 3:59pm
हाम्रो आवाज