नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

NepaliNP
कतारले डोनाल्ड ट्रम्पलाई ४०० मिलियन डलर को जेट उपहार दिने,

बैशाख -३ (एजेन्सी)

काठमाडाैं । कतारले डोनाल्ड ट्रम्पलाई करिब ५५ अर्बको जेट उपहार दिने भएको छ।

करिब ४०० मिलियन डलर अर्थात ५५ अर्ब मूल्यको यो विमान विदेशी सरकारले संयुक्त राज्य अमेरिकालाई दिएको सबैभन्दा महँगो उपहार हो।

डेमोक्य्राटहरू र नैतिकताको कुरा गर्ने मानिसहरूले यसको विरोध गर्न थालेका छन् । कतिपयले यसले स्वार्थको द्वन्द्व निम्त्याउने बताएका छन् । जसले राष्ट्रपतिको निर्णयलाई असर गर्न सक्छ।

समाचार एजेन्सी रोयटर्समा प्रकाशित एक रिपोर्ट अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार शाही परिवारबाट ४०० मिलियन डलर अर्थात् लगभग ५४ अर्ब २३ कराेड मूल्यको विलासी विमान स्वीकार गरेका छन् र आफ्नो निर्णयको बचाउ पनि गरेका छन्। 

13 May 2025 , 3:28pm
हाम्रो आवाज