
वैशाख- ७
काठमाडौँ -युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घ (ईयू) ले मङ्गलबार रुसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने निर्णय गरेको छ। ब्रसेल्समा बसेको युरोपेली सङ्घका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको हो।
नयाँ प्रतिबन्धअन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ। यी पानीजहाजहरूले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ।