नेपाली समय:

वि.सं २०८२ जेठ ३२   शनिवार

NepaliNP
आन्दोलन गर्न छोडेसँगै राप्रपा नेताका लागि सुरक्षाकर्मी पुनः खटाइने,

जेठ-२१

काठमाडौं ।गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मीहरू राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो भन्दै प्रश्न गरेका थिए।

सरकारले केही दिनअघि राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो।

4 Jun 2025 , 4:16pm
हाम्रो आवाज