
असार-१६
काठमाडौँ १६ असार : मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित पक्राउ गरेको छ।
भन्सार अधिकारीहरूले थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याएका छन ।
पक्राउ भएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको भन्सार अधिकारीहरूले एक विज्ञप्ति मार्फत जनाएका छन्।