
असार- २२
काठमाडौं - भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा एउटै घरमा चार जनाको सामूहिक हत्या गरिएको छ ।
भोजपुर नगरपालिका-२ घर भएका राजेन्द्र राईले आफ्नो श्रीमती, सासू, ससुरा र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश यादवले बताएका छन् ।
यादवका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको बताइएको छ।राईले गए राती करिब १ बजेतिर ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरी आफैले प्रहरीलाई खबर गराएको प्रहरीले जनाएको छ ।
उक्त सामूहिक हत्या प्रकरणमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश यादवले बताएका छन्।