
असार-२३
काठमाडौं - नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघ विरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका हुन् । उजुरीमा महासंघ दर्ताविना नै सन्चालन भइरहेको जनाइएको छ।
उजुरीमा महासंघ दर्ताविना नै सञ्चालन भएको र अनाधिकृत रकम उठाएको आरोप लगाइएको छ। उजुरीकर्ताले महासंघको गतिविधि रोक्न र आवश्यक अनुसन्धान गर्न माग गरेका छन्।