नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

NepaliNP
एअर इन्डियाको फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक,

असार-२८

काठमाडौं । गत जुन १२ मा भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा विमानमा सवार २४१ जनासहित कुल २६० जनाको मृत्यु भएको थियो ।

१५ पृष्ठको रिपोर्टअनुसार विमानको डेटा रेकर्डरको जाँच गर्दा उडानको केही सेकेन्ड पछि दुवै इन्जिनले काम गर्न बन्द गरेको पाइएको छ, किनकि इन्धन आपूर्ति बन्द भएको थियो ।

र्‍याम एअर टर्बाइन (RAT) बाट विमानमा बिजुली आपूर्ति अवरुद्ध भएको संकेत देखिएको थियो, जुन सीसीटीभीले खुलासा गरेको थियो ।

रिपोर्टअनुसार पाइलटहरूले इन्जिनहरू पुन: सुरु गर्ने प्रयास गरे । एउटा इन्जिन केही समय चल्यो, तर अर्को सुरु हुन सकेन । 

9 hours
हाम्रो आवाज