नेपाली समय:

वि.सं २०८२ आषाढ ३१   मंगलवार

NepaliNP
मधेस प्रदेशसभाको बैठक प्रतिपक्षी दलद्वारा बहिष्कार,

असार-३०

 

जनकपुरधाम- प्रतिपक्षी दलका सांसदहरुले मधेस प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । सोमबार ८ बजे बोलाइएको बैठक करिब १० बजे सुरु हुनसाथ प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

 

सभामुख रामचन्द्र मण्डलले प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमा नै बैठकलाई सञ्चालन गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले विगतको बजेटमा पनि धेरै किसिमको गडबडी भएको र तत्कालीन अर्थमन्त्री र मुख्यमन्त्रीले बजेट ह्याक भएको भनेको बताउँदै उनले भने, ‘यो वर्ष पनि त्यो वर्षभन्दा पनि बढी आलोचना भएको हो ।

19 hours
हाम्रो आवाज