नेपाली समय:

वि.सं २०८२ साउन १६   बिहीवार

NepaliNP
मधेसमा प्रदेशमा डिपबोरिङ जडान सुरु,

साउन -११

धनुषा - हाल मधेस प्रदेशमा पानी नपर्न सकेको अवस्थामा सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको संकट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ।

 

प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेस प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको जनाइएको छ।

 

ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिपबोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन सुरु गरेको जानकारी दिएका छन।

27 Jul 2025 , 3:45pm
हाम्रो आवाज