नेपाली समय:

वि.सं २०८२ साउन २९   बुधवार

NepaliNP
बहुविवाहलाई प्रोत्साहन हुने कानुन नल्याइने -कानुन मन्त्री चौरसिया

साउन- १८

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन नल्याइएको बताएका छन्। नेपाल महिला संघले आइतबार मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री चौरसियाले सो कुरा बताएका हुन ।

सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन ल्याएको भन्दै समाचार प्रकाशित भएपछि सामाजिक सञ्जाल तातेको छ।

मन्त्री चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुन ल्याउन नलागेको ज्ञापनपत्र बुझाएका प्रतिनिधिमण्डलसँग बताए। उनले महिलालाई गाह्रो हुनेगरी कानुन नबनाउने प्रतिबद्धता पनि ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलसँग बताए।

3 Aug 2025 , 2:57pm
हाम्रो आवाज