नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
भारतबाट अवैध रूपमा माछा भित्र्याइने कार्यले कैलालीका किसान समस्यामा,

साउन-२५

 

कैलाली- खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन्। यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन्।

 

उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका-५ गोबरेलाका कृषक सनोज चौधरीले बताए।

10 Aug 2025 , 1:58pm
हाम्रो आवाज