
साउन -२७
काठमाडौँ- देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो ।
देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा सबैभन्दा बढी ९९ दशमलव सात, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। उनका अनुसार भदौ दोस्रो सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।