नेपाली समय:

वि.सं २०८२ भाद्र ६   शुक्रवार

NepaliNP
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै,कांग्रेसका पाँच मन्त्री नियुक्त गरिने तयारी,

साउन- ३०

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार (आज) मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्।

 

उनले आज ५ मन्त्री नियुक्ति गर्न लागेका हुन्।आफ्नो पार्टी कांग्रेसको भागमा परेका ५ मन्त्री नियुक्ति गरी आजै शपथ गराउने तयारी छ।

 

कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो । जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।

15 Aug 2025 , 2:04pm
हाम्रो आवाज