नेपाली समय:

वि.सं २०८२ भाद्र ६   शुक्रवार

NepaliNP
भारतको पश्चिम बङ्गालमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु,

साउन-३०

 

एजेन्सी-भारतको पश्चिम बंगालको पूर्वा वर्धमान जिल्लामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । 

 

समाचारअनुसार शुक्रबार बिहान तीर्थयात्रीहरू बोकेको एउटा निजी बस पूर्वा वर्धमानबाट दुर्गापुर जाँदै गर्दा सडकमा रोकिएको ट्रकको पछाडि ठोक्किएको थियो । 

 

15 Aug 2025 , 2:34pm
हाम्रो आवाज