.jpg)
साउन-३१
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला कारागार रुपन्देहीबाट शनिबार दिउँसो सरुवा गरेर काठमाडौं लगिँदै छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई आज दिउँसो काठमाडौं लैजान लागिएको हो । उनी गत चैत २५ गतेदेखि कारागारमा छन् ।