नेपाली समय:

वि.सं २०८२ भाद्र ६   शुक्रवार

NepaliNP
पाकिस्तानमा बाढी र पहिरोका कारण २२५ जनाको मृत्यु,

साउन- ३१

काठमाडौँ : पाकिस्तानमा भारी वर्षा को कारण आएको बाढी र पहिरोले पछिल्लो २४ घण्टामा कम्तीमा २२५ जनाले ज्यान गुमाएका छन ।

 

सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

 

बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाहरूको मृत्यु भएको छ । उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले समेत ज्यान गुमाएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्। ।

16 Aug 2025 , 3:02pm
हाम्रो आवाज