
साउन-२
एजेन्सी -गाजामा हमास लडाकूहरूले बन्धक बनाएर राखेका व्यक्तिहरूको रिहाइको मागसहित इजरायलमा प्रदर्शनकारीहरूले हड्ताल गरेका छन् । हड्तालका कारण यातायात अवरुद्ध हुनुका साथै व्यवसाय तथा कार्यालयहरू पनि बन्द भएका छन ।
यस हड्तालले केही हप्ताअघि लडाकूहरूले बन्धकहरूको भिडियो सार्वजनिक गरेको र इजरायलले नयाँ आक्रमणको सङ्केत दिएको परिस्थितिलाई झन् तताएको छ ।
प्रदर्शनकारीहरूले गाजामा रहेका ५० जना बन्धक थप युद्धका कारण जोखिममा पर्नसक्ने बताएका छन् । अनुमानअनुसार तिनीहरूमध्ये करिब २० जना मात्र जीवित छन् ।