नेपाली समय:

वि.सं २०८२ भाद्र ६   शुक्रवार

NepaliNP
अधिक क्षमता भएको मिसाइल निर्माण सँगै जुनसुकै इजरायली आक्रमणका लागि तयार रहेको इरानको दाबी

भदौ- ४

 

एजेन्सी-इजरायलसँगको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि तयार रहेको बताएको छ।

 

‘१२ दिनको युद्धमा प्रयोग गरिएका मिसाइलहरू केही वर्षअघि निर्माण गरिएका थिए,’ रक्षामन्त्री अजिज नासिरजादेहले आधिकारिक इरना समाचार एजेन्सीलाई उद्धृत गर्दै भने, ‘आज हामीसँग अघिल्ला मिसाइलहरू भन्दा धेरै क्षमतायुक्त मिसाइलहरू छन्, र यदि यहुदीवादी दुश्मनले फेरि आक्रमण सुरु गर्‍यो भने हामी निश्चय तिनलाई प्रयोग गर्नेछौं।’ 

1 day
हाम्रो आवाज