
भदौ- ५
काठमाडौं- दुई वर्ष भन्दा बढी समय देखि हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे अझै कुनै स्पष्ट जानकारी आउन सकेको छैन। नेपाल सरकारले विभिन्न कूटनीतिक माध्यमबाट खोजी र रिहाइका लागि थुप्रै प्रयास जारी राखेको भए पनि अहिलेको अवस्थामा जोशीबारे अज्ञात रहेको छ ।
परराष्ट्र मन्त्रालयले बुधवार विज्ञप्ति जारी गर्दै विपिन जोशीको खोजी तथा रिहाइलाई उच्च कूटनीतिक प्राथमिकताका रूपमा लिएको स्पष्ट पारेको छ ।
यसैबीच, विपिन जोशीकी आमा र बहिनी हाल इजरायलमा रहेका छन्। उनीहरूले त्यहाँ इजरायली राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत, तथा अन्य पिडित परिवारका सदस्यहरूसँग भेटघाट गरेका छन् ।