
भदौ- २२
काठमाडौँ-नेकपा (एमाले)को दोस्रो विधान महाविधेशन आज सकिँदै छ । ललितपुर गोदावरीस्थित सनराइज हलमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्द सत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी गराएका छन्।
महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्नेछन् ।
महाधिवेशनमा प्रस्तावित राजनीतिकसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आजै समूहगत सुझाव पेस गर्दै छन् ।
समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् ।