
भदौ-२६
काठमाडौं- अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाको नेतृत्व र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको छ।
जेनजी युवाले अन्तरिम सरकार प्रमुखका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन्। आज हुने छलफलले कार्कीको नामलाई औपचारिकता दिने अपेक्षा गरिएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा बिहीबार बिहानदेखि छलफल सुरु हुने बताएका छन्।