
भदौ-३०
काठमाडौं -जेनजी आन्दोलनपश्चात प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीले पदभार ग्रहण गरेको १२ घण्टा बित्न नपाउँदै राजीनामा माग्न सुरू भएको छ । मध्यराति बालुवाटार बाहिर सुधन गुरुङको समूह पनि पुगेको थियो ।
नयाँ मन्त्रीको नाममा असहमति जनाउँदै युवाहरूले कार्कीको राजीनामा मागे । प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका युवाहरूले आन्दोलन हाइज्याक भएको जनाएका थिए।