नेपाली समय:

वि.सं २०८२ माघ १९   आइतबार

NepaliNP
तोलामा एक हजारले घट्यो सुनको मूल्य,

असोज-१

काठमाडौं- आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ। आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

 

मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो।

त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ। 

17 Sep 2025 , 11:58am
हाम्रो आवाज