नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
केन्द्रीय कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ,

असोज-८

काठमाडौँ - केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी स्याङ्जामा पक्राउ परेका छन्। 

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका ३४ वर्षीय विनोद दर्जीलाई मंगलबार पक्राउ गरेको स्याङ्जाका डीएसपी प्रशन्नराज चौधरीले बताएका छन। 

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष अप्रेसन टोलीले विरूवा गाउँपालिका ६ धरादीबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला कारागार, स्याङ्जामा पठाइएको छ।

24 Sep 2025 , 7:29am
हाम्रो आवाज