
असोज -१०
काठमाडौँ। एसिया कप क्रिकेटको फाइनलमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेभएको छ।
सुपर फोर अन्तर्गत गएराति दुबईमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ।
यसअघि नै भारत एक खेल बाँकी रहँदै फाइनलमा पुगेको थियो। भारतले आज सुपर फोरको अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।