नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो,

असोज- १५

 

एजेन्सी - फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ। भूकम्पमा परी सयौँ मानिस घाइते भएका छन्।

 

फिलिपिन्सको सेबु प्रान्तमा मंगलबार राति ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको हो। भूकम्पपछि सेबु प्रान्तमा लगातार धक्काहरू महसुस भएका छन्।

 

नागरिक सुरक्षा कार्यालय (ओसीडी) का अनुसार भुइँस्तरमा अवस्था निकै खराब छ। ओसीडीलाई ६९ व्यक्तिको मृत्यु भएको जानकारी प्राप्त भएको बताइएको छ ।

1 Oct 2025 , 3:29pm
हाम्रो आवाज