नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

NepaliNP
यही आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय,

असोज-१८

 

काठमाडौँ- सरकारले यही असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही असोज १८ देखि २० सम्म देशभर हुने भारीदेखि अति भारी वर्षा का कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिदा दिने सरकारले निर्णय गरेको हो।

 

भारी वर्षाका कारण दशैं मनाउन गएका कर्मचारी तथा सरोकारवालाहरू घरमै रोकिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित भएको र यातायात तथा आवतजावतमा कठिनाइ भएकाले यस अवधिलाई व्यवस्थापन गर्नका लागि दुई दिन बिदा दिइएको गृह मन्त्रालयले  जनाएको छ।

4 Oct 2025 , 4:06pm
हाम्रो आवाज