
असोज २०
एजेन्सी : भारतको सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीश बीआर गवईमाथि एक वकिलले जुत्ता प्रहार गरेका छन्। प्रधानन्यायाधीश गवईको अध्यक्षतामा रहेको इजलासले एक मुद्दाको सुनुवाइ गरिरहेका बेला यो घटना भएको हो।
जुत्ता प्रहार गर्ने वकिल प्रधानन्यायाधीशको डेस्क नजिक पुगेर जुत्ता निकालेर प्रहार गर्न खोजेका थिए। तर अदालतमा उपस्थित सुरक्षाकर्मीले तत्कालै उनलाई नियन्त्रणमा लिएका थिए ।
बाहिर निकालिँदै गर्दा ती वकिलले ‘सनातनको अपमान सहँदैनौं’ भन्दै नारा लगाएका थिए। घटनापछि प्रधानन्यायाधीश गवईले शान्त रहँदै अदालतमा उपस्थित वकिलहरूलाई बहस जारी राख्न आग्रह गरे।