
असोज-२३
वीरगञ्ज - पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका ६ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ ।
सीमा सुरक्षार्थ खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।