
असोज-२९
जनकपुर-मधेस प्रदेश प्रमुखले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्। प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी आज (बुधबार) दिनको ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको जनाएको छ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ।