नेपाली समय:

वि.सं २०८२ कार्तिक ३   आइतबार

NepaliNP
नर्सका माग सम्बोधन गर्न सरकार द्वारा १४ सदस्य समिति गठन,

कात्तिक-२

सरकारले नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्य समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।

देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलित छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीसँग छलफल गरेर तत्काल समस्याको सम्बोधन गर्न निर्देशन दिएका थिइन् ।

8 hours
हाम्रो आवाज