नेपाली समय:

वि.सं २०८२ मंसिर २   सोमवार

NepaliNP
चार महिनामा ३ खर्ब राजश्व संकलन,

मङ्सिर-१

काठमाडौं - आर्थिक बर्ष २०८२-८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ । कार्तिक मसान्तसम्म चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोडको लक्ष्य रहेकोमा ७७.४९ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कार्तिक महिनाको लक्ष्य एक खर्ब ३ अर्ब रहेकोमा ७८ अर्ब ३३ करोड राजश्व संकलन भएको छ, जुन ७५.४९ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा कार्तिक महिनामा ७६ अर्ब राजश्व संकलन भएको थियो ।

यस अघि २०८१-८२ आर्थिक बर्षको चार महिनामा ३ खर्ब २९ अर्ब २ करोड राजश्व संकलन भएको थियो ।
   

5 hours
हाम्रो आवाज