नेपाली समय:

वि.सं २०८२ मंसिर ३   मंगलवार

NepaliNP
मधेस प्रदेश मुख्यमन्त्री विवाद सम्बन्धमा परेको रिट निवेदनमाथि आज सुनवाई हुँदै,

मङ्सिर-२

काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सिर्जना भएको विवादलाई लिएर प्रदेशसभाका ७४ सांसदको तर्फबाट दायर गरिएको आज  रिट मंगलबार  सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाई हुने भएको छ ।

 

सोमबार (मंसिर १) न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिटमा बहसका निम्ति पर्याप्त समय नरहेपछि अग्राधिकार प्रदान गरी आजलाई पेसी तोकिएको हो । अन्तिममा पालो आएपछि निवेदक पक्षले नै बहसका निम्ति पर्याप्त समय नहुने भन्दै सार्न आग्रह गरेको थियो ।

4 hours
हाम्रो आवाज