मंसिर-२
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ ।
प्रसाईंका समर्थकहरूले उनको पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले सोमबार रातिनै मातहतका युनिटहरूलाई विशेष सर्कुलर जारी गरेको छ । प्रहरी अधिकारीका अनुसार, प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो ।

