नेपाली समय:

वि.सं २०८२ मंसिर ११   बुधवार

NepaliNP
मेलमिलाप आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्वपीडित,

मङ्सिर ०५ 

 

संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । 

 

विस्तृत शान्ति सम्झौताको २ दशक पुग्दासम्म आफूहरूले न्याय नपाएको र आयोगलाई राजनीतिक भागबण्डाको थलो बनाइएको भन्दै उनीहरूले शुक्रबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका हुन् । 

 

उनीहरूले विधि प्रक्रिया मिचेर तेश्रो पटक पनि दलीय भागबण्डा गरेको भन्दै राजनीतिक नेतृत्वबाट नियन्त्रित आयोगहरू तत्काल खारेज गर्न माग गरेका छन् ।

 

  

 

  

 

21 Nov 2025 , 2:11pm
हाम्रो आवाज