मङ्सिर- ५
काठमाडौं - नेकपा एमाले निकट संगठनले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। नेकपा एमालेले आज नेशनल भोलेन्टियर फोर्सको नाममा आज नयाँ संगठन घोषणा गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेका हुन्।
तीनकुनेबाट एमालेको र्याली माइतीघरतर्फ निस्किसकेको छ । तर यसैबीच जेनजी समूहका घाइते भन्दै एउटा समूह माइतीघर मण्डलमा धर्नामा बसेको छ ।

